Saturday, November 22, 2014
प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता
काठमाडौं, मंसिर ६
कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच संविधानका अन्तर्वस्तुमा दलहरुबीच देखिएको विवाद समाधानको उपाय खोज्ने बारेमा छलफल भएको छ । छलफलमा सहमतिको आधारमा संविधान बनाउने विषयमा विकल्प खोज्न प्रधानमन्त्री तयार देखिएको प्रचण्डलाई उधृत गर्दै प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिनुभयो । प्रधानमन्त्री कोइरालाले प्रचण्डलाई विवाद समाधानका लागि छिट्टै मुख्य तीन दलको बैठक बोलाउने आश्वासन दिनुभएको छ । नेपालगञ्ज पुग्नु भएका केपी ओली काठमाडौं फकिईसकेकाले तत्कालै त्रिपक्षीय बैठक बोलाउन प्रधानमन्त्री र प्रचण्डवीच सहमति भएको बताइएको छ ।
यस्तै, उहाँहरुबीच १८ औं सार्क सिखर सम्मेलनमा सरकार र प्रतिपक्षी एक भएर अघि बढ्ने सहमती समेत भएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment