Saturday, November 22, 2014

नेकपा–माओवादीको बैठक स्थगित

काठमाडौं, मंसिर ६
पार्टीमा वढ्दो आन्तरिक विवाद समाधानका लागि भन्दै नेकपा माओवादीले आजका लागि बोलाएको केन्द्रीय समितिको बिस्तारित वैठक अन्तिम समयमा स्थगित भएको छ । ललितपुरको कुपण्डोल स्थित नेवाः राज्य समितिको कार्यालयमा बोलाइएको बैठक सचिव नेत्रविक्रम चन्द पक्ष सहभागी नभएपछि स्थगित गरिएको हो । भोलि हुने बैठकमा पनि चन्द पक्ष सहभागी हुने नहुनेबारे अन्यौल कायमै छ । भोलिको वैठकमा महासचिव राम वहादुर थापाले पार्टीको आन्तरिक विवाद समाधानका लागि प्रस्ताव पेश गर्ने जनाइएको छ । नेकपा माओवादीमा पार्टीको कार्यदिशाको विषयमा गम्भीर मतभेद छ । पछिल्लो समय सचिव चन्द पक्षले गोप्य भेला गरेपछि संस्थापन पक्ष सशंकित बनेको छ । संस्थापन पक्षले पार्टी हित विपरित हुने गरी कुनै पनि गतिविधि नगर्न चन्द पक्षलाई आग्रह गर्दै आएको छ ।

No comments:

Post a Comment