मंसिर, ६
अफ्रिकी मुलुक माडागास्करमा प्लेगको माहामारीबाट ४० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन डब्लु एच ओ ले ८० भन्दा बढी प्लेग संक्रमित भेटिएको जनाएको छ । राजधानी अन्तानानारिभोमा बढी जनघनत्व र कमजोर स्वास्थ्य सुविधाका कारण प्लेगको संक्रमण तीब्र गतिमा फैलन सक्ने डब्लु एच ओको चेतावनी छ । संक्रमण नियन्त्रणका लागि टास्क फोर्सले काम गरिरहेको अधिकारीहरुले जनाएका छन् । माडागास्करका कारागारहरुमा बन्दीहरु मुसाले सताइने हुंदा प्लेगको संक्रमण बढ्न मद्धत पुगेको बताइएको छ ।
No comments:
Post a Comment